तपाईँ सुन्दै हुनुहुन्छः

केही वर्षमै युवाहरू रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने : प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षमै युवाहरू रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्न विशेष रणनीतिका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले सरकारले युवालक्षित बजेट विनियोजन गरेर युवा जनशक्तिलाई सक्षम बनाउन लागेको बताउनुभयो ।सरकार सम्पूर्ण युवाको पक्षमा रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले युवाहरूलाई देश निर्माणमा अघि बढ्न आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवाहरूको विकास र परिचालनमा परिषद्ले गाउँ गाउँसम्म पुगेर अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

सन् २००४ देखि हरेक वर्ष अगष्ट १२ का दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button