तपाईँ सुन्दै हुनुहुन्छः

७२ वर्षको उमेरमा हिराले पाइन नागरिकता

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिका घर भएकी ७२ बर्षिया बृद्धाले पहिलो पल्ट जिल्ला प्रशासन कार्यालय भोजपुरबाट नागरिकता पाएकी छन् ।

रामप्रसाद राई गाउँपालिका वडा नम्बर ४ दलगाउँ घर भएकी हिरा राईले जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक ०९–०१–७७–००२२१ नम्बरको नागरिकता पाएकी हुन । नागरिकता बनाउनका लागि आफन्त र अन्य कोहीबाट समेत सहयोग नपाएपछि हिराको नागरिकता बन्न सकेको थिएन ।

अहिले वडाको पहलमा उनलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

हिराको श्रीमानको २०४७ सालमा मृत्यु भएपछि हाल उनी एक्लै बस्दै आएकी छिन । जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ८ गोगने माइती भएकी उनको एक जना छोरा र चार जना छोरीहरू रहेका छन् ।

नागरिकता बनेपछि वृद्ध भत्तालगायतका सरकारी सेवा सुविधा लिन समेत हिरालाई सहज भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button