तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालिका सहित ९  जना घाईते

तुलसीपुर । पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर एक जना बालिका सहित ९  जना घाईते भएका छन् । घाइते मध्य ३ को अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बुधबार बिहान रौनियार चोकमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्कदा ४ जना घाईते भएका छन् ।

घाईते हुनेमा रा ३ प ७४०३ नम्बरको मोटरसाईकल चालक  तुलसीपुर ६ निवासी १८ बर्षका चालक अनुवाड ढुनिया, पछाडी सवार १६ बर्षका श्यामे गुप्ता, त्यसैगरी रा ३ प ७७६९ नम्बरका चालक सोही ठाउँ निवासी २४ बर्षका पंकज चौधरी र पछाडी सवार २६ बर्षकी सुजाता चौधरी घाईते भएका छन् । गम्भिर घाईते सुजाता र ढुनियालाई सिटी हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

बाहिनी चोकबाट पूर्व तर्फ गइरहेको रा ३ प ७७६९ र राप्ती बबई क्याम्पसबाट तुलसीपुर नगरपालिका तर्फ गइरहेको रा ३ प ७४०३ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीदा दुर्घटना भएको हो ।

त्यसैगरी पश्चिम दाङको बैशामा मोटरसाईकल ठोक्किदा ४ जना घाइते भएका छन् । हापुरेबाट भमके तर्फ जाँदै गरेको रा ३ प ३८८३ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आइरहेको रा २ प १४७७ नम्बरको मोटरसाईकलले ठक्कर दिदा तुलसीपुर उपमहागनरपालिका–१ भमके निबासी ३८ बर्षका सरोज खनाल र कुमालगाउँ निबासी गिरीधर बस्याल, दंगीशरण गाउँपालिका– ६ निबासी डिल्लीबहादुर वली र सोही ठाउँका देवबहादुर वली घाईते भएका छन् ।

त्यसैगरी मोटरसाइकले ठक्कर दिदा पश्चिम दाङमा ३ बर्षकी बालिका गम्भिर घाईते भएकी छन् । हापुरेबाट रामपुर जाँदै गरेको बा ८१ प ५९६६ नम्बरको मोटरसाईकलले बबई गाउँपालिका–३ पतेरी निबासी देवराज वलीकी ३ बर्षकी छोरी भिक्टोरीया वलीलाई ठक्कर दिदा घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बालिकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि भैरवा रिफर गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button