तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ३ तिनपाप्केमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकै मनहरी गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय बाबुराम रुम्बा र सोही स्थानका ३५ वर्षीय अमृत लोप्चन रहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत मनहरीबाट हेटौंंडा तर्फ जादै गरेको ना २ ह ३४६६ नम्बरको अटोलाई विपरित दिशाबाट आउदै गरेको ना ६ ख १६११ नंबरको ट्रकले आज दिउँसो ठक्कर दिँदा दुर्घटना भएको हो । गम्भीर घाइते भएका दुबै हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाईते भएका मनहरी–५ कै ठुलो कान्छा खड्काको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मृतक दुबैको शव परिक्षणको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । ठक्कर दिने ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button