तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को आइसोलेसनमा उपचार गराउनेको संख्या एक हजार पाँच सय

जनकपुरधाम । प्रदेश नंं २ मा कोरोना संक्रमित भएर विभिन्न आईसोलेसनमा उपचारमा रहेकाहरुको संख्या १ हजार ४ सय ३२ जना रहेका छन् ।

सवै भन्दा बढी पर्सा जिल्लामा ७ सय ९७ जना विभिन्न आइसोलेशनमा उपचार गराई रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसै गरि सप्तरी जिल्लामा १ सय ५८ जना, सर्लाही जिल्लामा १ सय ४० जना कोरोनाका संक्रमितले विभिन्न आईसोलेसनमा उपचार गराई रहनु भएको सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भएको छ ।

यसै गरि धनुषामा १ सय २१ जना, वारामा ९२ जना, महोत्तरीमा ५७ जना, सिरहामा ३९ जना तथा रौतहटमा २४ जनाले विभिन्न आईसोलेसनमा कोरोनाको उपचार गराईरहेका रहनु भएको छ । आईसोलेसनमा थोरै संख्या भए पनि प्रदेशको आधा भन्दा बढी जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या दुई भन्दा बढी नाघेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कतिपय संक्रमितहरु होम आइसोलेसनमा पनि उपचार गराईरहनु भएको छ । तर यसको संख्या प्रदेश नंं २ मा निक्कै कम रहेको छ । यसमा मन्त्री, संघीय संसद सदस्य, प्रदेश सभाका सदस्य तथा नेपाल सरकारका कर्मचारीहरु रहनु भएको प्रवक्ता समेत रहनु भएका जनस्वास्थ्य प्रशासक झाले जानकारी दिनु भयो ।

होम आइसोलेसनमा वस्ने अवस्था नभएका केही विशिष्ट व्यक्तिहरु होटलमा रहनु भएको छ । यसका साथै सुरक्षा निकायका केही व्यक्तिहरु सुरक्षा निकायले बनाएको आइसोलेसनमा बसेर चिकित्सकको परामर्श लिएर कोरोनाको उपचार गराई रहेका छन् ।

होम आईसोलेशन, क्वारेन्टाईन लाई जोडेर हेर्दा संक्रिय कोरोना संक्रमितको संख्या ३ हजारको हाराहारीमा रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button