तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा चारजनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ८१ जना


इलाम । इलाममा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्दकपुर गाउँपालिकामा ५० जनाको स्वाब संकलन गरिएकोमा चारजनाको रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन बिमल बरालले बताउनु भयो ।

पञ्चकन्या माई हाइड्रोपावर मर्मत गर्न काठमाडाँैबाट आएर फर्किएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा कोरोना परिक्षण गरिएको थियो । समुदायमा संक्रमण फैलन नदिन सन्दकपुरमा गएको साउन २२ गते देखि सिल गरिएको छ ।

इलाम नगरपालिकाको समुदायमा गरिएको १ सय १६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आज इलाम नगरपालिकाको क्वारेन्टिनमा रहेका ६३ जनाको स्वाब संकलन गरिएको बरालले बताउनुभयो । इलाममा संक्रमितको संख्या ८१ पुगेको छ भने ५४ जना निको भएर फर्किएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button