तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा बिद्युत् प्राधिकरणका कर्मचारीको कोरोना बिमा

भोजपुर । कोरोना सङ्कट बढिरहेको अवस्थामा नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले ४५ जना कर्मचारीको कोरोना बिमा गरेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा पनि दैनिकरुपमा बढिरहेको अवस्थामा कार्यरत स्थायी र ज्यालादारी गरी ४५ जना कर्मचारीको एक लाख बरावरको कोरोना बिमा गरिएको नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रबिन बाबु घिमिरेले बताउनुभयो ।

शिखर इन्स्योरेन्स कम्पनी प्रालिसँग प्राधिकरणले कर्मचारीको कोरोना बिमा गराएको हो । वितरण केन्द्र प्रमुख रविन बाबु घिमिरेलाई कर्मचारीको बिमा सम्बन्धी कागजात शिखर इन्स्योरेन्स कम्पनी प्रा.लिई. भोजपुरका प्रमुख दिपकला राईले बिहीबार हस्तान्तरण गर्नु भएको छ ।

बिद्युत् प्राधिकरण अत्यावश्यक सेवामा परेको र कर्मचारी पनि जोखिममा नै रहने हुँदा कार्यरत कर्मचारीहरूको पनि शिखर इन्स्योरेन्ससँग बिमा सम्झौता भएको प्रमुख घिमिरेको भनाई रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको निर्णय अनुसार सबै कर्मचारीको कोरोना बिमा गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button