तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय २३ पुग्यो

बैतडी । बैतडीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय २३ पुगेको छ । जिल्लाको सिगास गाउँपालिका–३ का ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या तीन सय २३ पुगेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना पुष्टि भएको हो । जिल्लामा तीन सय २३ जनामा सङ्क्रमण पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना सङ्क्रमित रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३ र सिगास गाउँपालिकाका ४१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै दशरथचन्द नगरपालिकाका ३५, मेलौली नगरपालिकाका २८, सुर्नया गाउँपालिकाका २६, पाटन नगरपालिकाका २४, पुर्चौंडी नगरपालिकाका नौ र डिलाशैनी गाउँपालिकाका सात जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित मध्ये तीन सय १९ जना कोरोना निको भएर घर फर्किसकेका छन् भने चार जना मात्रै क्वारेनटाइन तथा आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेड महिना सम्म पनि रिपोट आएन
बैतडीमा भारतबाट फर्केका र आरडीटी पोजेटिभ आएका विभिन्न ठाउँका १४४ नागरिकको स्वाबको रिपोट अझै आएको छैन ।

करिब डेढ महिना अघि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएका मध्ये १४४ जनाको स्वाबको रिपोट नआएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

मेलौली नगरपालिका ८० जना, दोगडाकेदार गाउँपालिकाका ३९ जना, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका ९÷९ जना र शिवनाथ गाउँपालिकाका ७ जनाको स्वाबको रिपोट नआएको हो ।
स्वाब सङ्कलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइएको भए पनि डेढ महिना बढी बितिसक्दा समेत रिपोट नआएको जोशीले बताउनुभयो ।

रिपोट नआएका स्वाबहरू हराएको अथवा अन्यत्र कतै रिपोट गएको हुन सक्ने आशङ्का गरिएको छ । समयमा रिपोट नआएपछि क्वारेनटाइनमा बसेका ती नागरिक १४ दिने क्वारेन्टाइन बसाईपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button