तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना जाँचको लागि समुदाय स्तरमा स्वाब संकलन


तनहुँ । कोभिड–१९ को संक्रमण समुदायस्तरमा परिक्षण गर्नका लागि स्वाब संकलन गर्न सुरु गरिएको छ । दुई स्थानीय तह भानु नगरपालिकामा २ र देवघाट गाउँपालिकाका २ गरि समुदायका ४ जनामा कोरोना पुष्टि भएसँगै स्वाब संकलन थालिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भानु र देवघाटका स्थानीयहरुलाई संक्रमितहरुको सम्पर्कमा रहेकाले कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाब संकलन गरिएको हो ।

यस्तै शुक्लागण्डकी नगरपालिकामा पनि विभिन्न क्षेत्रमा आवद्ध ब्यक्तिहरुको स्वाव संकलन गरिएको छ । नगरपालिका भित्रका विभिन्न क्षेत्रमा आवद्ध कर्मचारी, प्रहरी, व्यापारी, मेडिकल सञ्चालक, पत्रकार लगायत ६१ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

‘स्वाब संकलनका लागि ७१ जनाले नाम टिपाएता पनि १० महिला र ५१ पुरुष मात्र सहभागि हुनुभयो’ श्रीवास्तवले भन्नुभयो । विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिको नमुना परिक्षणले समुदायमा सङ्क्रमण भए नभएको पत्ता लगाउन सजिलो हुने उहाँको विस्वास रहेको छ ।

जिल्लामा हालसम्म ३ सय ६६ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button