तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा १२ जनासहित प्रदेश ५ मा ५३ सङ्क्रमित थपिए

रुपन्देही । रुपन्देहीका १२ सहित प्रदेश ५ मा आज थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरूमा गरिएको पिसीआर परीक्षणका क्रममा रुपन्देही जिल्लाका १२ जनासहित जम्मा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

प्रदेश ५ अन्तर्गत पछिल्लो २४ घण्टामा रुपन्देहीका १२ जना, कपिलवस्तुका २१ जना, बाँकेका १० जना, बर्दियाका तीन जना, प्युठानका चार जना, नवलपरासीका दुई जना, दाङका दुई जना र पाल्पाका एक जना गरी जम्मा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण प्रदेश ५ मा १४ जनाको मृत्यु भएको छ भने चार हजार दुई सय २४ जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

हाल प्रदेशभर दुई हजार एक सय १० जना क्वारेनटाइनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button