तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय बजारबाट नेपाल ल्याउदै गरेको अवैध सामान वरामद

सुनसरी। भारतीय बजारबाट नेपालतर्फ भन्सार छलि गरेर ल्याएको ठूलो परिमाणको अवैध सामान सुनसरी प्रहरीले बरामद गरेको छ ।

सुनसरी प्रहरीले बिशेष सुचनाको अधारमा भारतबाट नेपाल भित्राई रहेको बिभिन्न नाका तथा ठाउँबाट युरिया मल र सुर्ती बरामद गरेको हो ।

सुनसरी प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीले ५० हजार बराबरकोे युरिया मल, ५० बोरा, इलाका प्रहरी कार्यालय दुहवीले २२ हजार बराबरको युरिया मल २२ बोरा, १८ हजार ७ सय ५० रुपिया बराबरको सुर्ती खैनी १ सय २५ केजी, इलाका प्रहरी कार्यालय पकलीले ३० हजार बराबरको सुर्ती खैनी १० बोरामा २ सय केजी बरामद गरेको हो ।
त्यसैगरी को २ ह ३२८३ को टेम्पो एक थान सहित चार लाख २० हजार ७ सय ५० रुपियाँ बराबरको अवैध समानहरु सेतुवन्ध सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उता विहीबार विहान ७० बोरा खैनी बरामद गरेको प्रहरीले जनाएको छ । दैनिक लकडाउनको मौका छोपी तस्कारी बढेको प्रहरीले ठहर गर्दै बढाएको सक्रियाले तीन लाख ५० हजार बढीको सरसमान र खैनी बरामद गरिरहेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button