तपाईँ सुन्दै हुनुहुन्छः

८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर   

भोजपुर ।  नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक अवस्था कमजोर भएका ८२५ विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ ।

केन्द्रले कमजोर आर्थिक अवस्थाका कारण विद्युत् सेवाबाट वञ्चित भएका परिवारको पहिचान गरी निःशुल्क मिटर वितरण गरेको हो ।

विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ८२५ जनालाई निःशुल्क मिटर वितरण गरेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताउनुभयो ।

प्रमुख घिमिरेका अनुसार गत आर्थिक वर्षबाट जिल्लामा विपन्न परिवारका लागि निःशुल्क मिटर वितरण कार्यक्रम शुरु भएको हो ।

स्थानीय तहको सिफारिसको आधारमा विद्युत् विस्तार भइरहेका गाउँपालिका तथा नगरपालिकाका गरिब तथा विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।

निःशुल्क विद्युत्् मिटर पाएपछि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार खुशी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button