तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा

रुपन्देही । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका उच्च तहका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका सबै कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।

अहिले सामाजिक विकास मन्त्रालयमा कार्यरत कर्मचारी तथा उनको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको कोरोना नियन्त्रणमा नियमित खटिएका ती अधिकारीको पिसिआर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद गिरीले मन्त्रालयका एक अधिकारीलाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो ।

मन्त्रालयका कर्मचारी क्वारेन्टिनमा रहे पनि मन्त्रालयबाट गरिने नियमित सेवा भने नरोकिने गिरीले जानकारी दिनुभयो ।

ती कर्मचारीमा संक्रमण पुष्टि भएपछि सामाजिक विकास मन्त्री सुदर्शन बराल र डाक्टर गिरीको स्वाब पनि परीक्षण गरिएको थियो । उहाँहरूको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button