तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा कोभिड–१९ परीक्षणको नयाँ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कोभिड–१९ परीक्षणको नयाँ सेवा सुरु भएको छ । नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु परीक्षण सेवा सुरु गरिएको हो ।

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुक्रबार मेशिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवाको शुभारम्भ गरे । सामान्य पीसीआर परीक्षणको समायावधि ढिला हुँदा उपचार समस्या भएको गुनासो आइरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने उनले बताए । सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक निम बहादुर सिंहले यो विधि निकै प्रभावकारी र गुणस्तर भएको दावी गरे ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.राजेन्द्र खनालले मेशिनबाट कोभिड–१९ को शंकास्पद बिरामीको रिर्पोट पोजेटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुँदा यो धेरै प्रभावकारी भएको बताए ।

अस्पतालका अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले अस्पतालमा धेरै सेवाहरु वृद्धि गरिएको बताए । भौतिक संरचनादेखि सेवा बिस्तारमा आफुले जोड दिएको उनले दावी गरे । कोभिड–१९ फोकलपर्सन डा. सुदर्शन थापाले कोरोना भाइरसका जटिल र लक्षण देखिने बिरामी बढेको दुखेसो गरे ।

अस्पतालका बिआर टिभी क्लिनिङ इञ्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिईने बताए । अन्य मेशिनको तुलनामा यसले छिटो रिर्पोट दिने हुँदा प्रभावकारी भएको उनले बताए । यो निःशुल्क सेवा भएको उनले बताए । एक घण्टामा ४ जनाको परीक्षण गर्न सकिने उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button