तपाईँ सुन्दै हुनुहुन्छः

एक हप्ता रातको समयमा बजार पुर्ण बन्द हुने

घोराही । कोभिड—१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौदेखि १ गतेदेखि रातको समयमा पुर्ण रुपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रबार (आज) बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

केन्द्रको बैठकले भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्ण रुपले बन्देज लगाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, बिषयगत कार्यालयहरु, उद्योग बाणिज्य संघ, च्याम्बर, नेपाल पत्रकार महासंघ लगायतको उपस्थितिमा बसेको बैठकले चाडपर्वको नाममा समाजमा बढि रहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने निर्णय गरेको छ ।

यस्तै मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ । वैठकले बजारलाई व्यवस्थित गर्न अनिबार्य रुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङ लगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थित रुपमा सञ्चालन गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button