तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग वाणिज्य महासंघद्वारा सरकारको कदममा सघाउने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना नियन्त्रणमा सरकारले चालेको कदममा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

महासंघले शुक्रबार विज्ञप्ती जारी गर्दै तीनै तहका सरकारले चालेका विभिन्न कदममा सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

कोभिडका कारण नेपाल पछिल्लो पटक निकै प्रभावित बन्दै गएको, संक्रमित र मृत्युदर समेत बढेको र त्यसले मुलुकवासीको स्वास्थ्य सुरक्षा र अर्थतन्त्रमा समेत गम्भिर धक्का लागेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

महासंघले यस्तो विषम परिस्थितीमा सरकारको मात्रै भर नपरी आआफ्ना क्षेत्रमा सहयोग गर्न सबै सदस्यलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button