तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

बुधबार बिहान घिमिरे निवास कपुरधारा पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिनुभएका घिमिरेको निधन १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ बजे भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button