तपाईँ सुन्दै हुनुहुन्छः

सिरहाको कल्याणपुर नगरपालिकाको उपप्रमुख र अधिकृतमा कोरोना पुष्टि

लहान । सिरहाको कल्याणपुर नगरपालिकाका उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत कोरोना संक्रमित भएका छन् । उपप्रमुख रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण भएको हो ।

कोरोना संक्रमित उपप्रमुख यादव अहिले होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

सिरहामा कोरोना पुष्टिबाट मर्नेको संख्या ४ पुगेको छ भने जिल्लामा हाल १ सय ६१ कोरोना संक्रमितको संख्या रहेको प्रमुख यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button