तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा एक सशस्त्र प्रहरीको मृत्यु


सर्लाही । सर्लाहीको बरहथवा–मधुवनी सडक अन्तर्गत रामनगर गाउँपालिका–७, मा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा हरिपुर नगरपालिका–८, घर भएका ३० वर्षीय दिलिप कुमार चौधरीको मृत्यु भएको हो ।

कोरोना संक्रमितहरुलाई राखिएको आइसोलेसनको अवस्था बुझ्न खटिएका चौधरीलाई सोमवार साँझ गडहीया गाउँबाट प्रदेश २–०३–००२ प ५२१० नम्वरको मोटरसाइकलमा बरहथवातर्फ आउने क्रममा ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाईते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल, मलङ्गवा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

कविलासीको अगर्वास्थित सशस्त्र प्रहरीको १० नं. गणमा दरबन्द भएपनि चौधरी बोर्डर आउष्ट पोष्ट (बीओपी) छतौनामा कार्यरत थिए । मृतकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाउने तयारी भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका–९ का १६ वर्षीय किशोर रन्जन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । ट्याक्टरमा नम्वर उल्लेख नगरिएकाले वास्तविक नम्वर पत्ता लगाउन कागजात मगाइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button