तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा पत्रकार र कलाकारको सञ्चार समाग्री चोरी

बर्दिवास । महोत्तरीमा पत्रकार र कलाकारको सञ्चार समाग्री चोरी भएको छ ।

जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगर राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाबाट पत्रकार अमृत कुमार महतो, रोचकघोचक टेलिसिरियलका हाँस्यकलाकार कृष्णाकुमार महतोलगायतको ल्यापटप, मोवाइल, बैंकको एटिम कार्ड, नगदसहित करिव चार लाखको सामाग्री चोरी भएको हो ।

जनसहयोगी युवा सञ्जाल बर्दिबासले पशुपतिनगरस्थित विद्यालयमा जनस्तरबाट बालउद्यान निर्माण गरिरहेका छन् । निर्माण काममा खटिएका पत्रकार, कलाकार, सञ्जालका सचिव मनोज महतो, ट्रयाक्टर चालक धर्मेन्द्र प्रसाद चौधरीको ल्यापटप, मोवाइल, बैंकको एटिम लगायत झण्डै चार लाख बराबरको सरसमान चोरी भएको विद्यालय व्यवस्थान समितिका अध्यक्ष रामजतन महतोले बताउनुभयो ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक सोनु साहको नेतृत्वमा टोली खटिएको र अनुसान्धान भइरहेको इप्रका बर्दिवासका प्रहरी नायव उपरीक्षक राजन चापागाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button