तपाईँ सुन्दै हुनुहुन्छः

चोरी गर्ने दुई पक्राउ


बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाबाट पत्रकार र कलाकारको संचार सामाग्री चोरी गर्ने दुई पक्राउ परेका छन् ।

मंगलवार राती विद्यालय परिसर भित्रबाट ल्यापटप, मोवाईल, बैंकको एटिम कार्ड, केही नगद लगायतको सामान चोरी गरेर फरार भएका उनीहरुलाई बर्दिवास नगरपालिका वडा नं. ७ स्थित कृषि बजार क्षेत्रबाट बुधबार दिउँसो करिब १२ बजे पक्राउ गरिएको हो ।

बालउद्यान निर्माणमा खटिँदै आएका पत्रकार अमृत कुमार महतो तथा हाँस्यकलाकार कृष्णा कुमार महतो लगायतका व्यक्तिहरुको सामान चोरी गरी फरार भएका उनीहरुलाई सिसिटीभी फुटेजको आधारमा संजाल सम्बद्ध युवाहरुले खोजी गर्दै जाने क्रममा बर्दिवास–७ स्थित कृषि बजार क्षेत्रमा रहेको आँपको बगैँचा भित्र सुतिहरेको अवस्थामा फेला पारी सोधपुछ गर्ने क्रममा भाग्न खोजे पछि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।

साथै चोरी गरिएको सामान आँपको बगैँचा भित्र थुपारिएको धानको भुसा भित्र लुकाएर राखिएको अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु साहले बताउनुभयो ।

पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय बर्दिवास ल्याई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button