तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा उपमहानगरपालिकामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि


बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ४ जना महिला र १९ जना पुरुष रहेका कोरोना बिशेष अस्थाई अस्पतालका डा.दिपक गिरीले जानकारी दिनुभयो ।

संक्रमितहरुमा वडा नं. १ पथलैयाका ६ जना , सशस्त्र प्रहरी कार्यालय पथलैयाका ४ जना, वडा नं.७ जीतपुरका १० जना, कलैयाका १ जना, चन्द्रपुर रौतहटका १ जना र कोल्हबीका एक जना रहेका छन् ।

भाद्र ७ गते एक सय ६६ जनाको स्बाब संकलन गरी काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशाला पठाईएको थियो । जसमध्ये ७३ जनाको रिपोर्ट आएको छ जसमा ५० जनाकोे नेगेटिभ र २३ जनाको पोजेटिभ रहेको डा.गिरीले बताउँनुभयो । यो सँगै जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना संक्रमितको सङख्या १ सय ५७ जना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button