तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा आज दिउसो थप पर्साका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउसो जारी गरेको प्रेस नोटमा ४ महिला र १५ पुरुष सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४, ५, ९, १५, १६ र २२ का १÷१ जना धोबिनी गाउँपालिका वडा नम्बर ३ को १ जना र पर्सागढि नगरपालिका वडा नम्बर ४ का १२ जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासनले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

आज सम्म पर्सामा सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ हजार ९ सय ९८ पुगेकोमा १५ सय ५९ पुरुष र ४ सय ३९ महिला रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button