तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा गएराति थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको कन्ट्रयाक टे«सिङ्गको आधारमा बिभिन्न स्थानबाट संकलन गरिएको चार सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा र नारायणी अस्पतालको आकास्मीक कक्षमा भर्ना भएका चार जना बिरामीको जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गर्दा थप तीन जना गरी ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डा.अतुलेश कुमार चौरसीयाले बताउनुभयो ।

कोरोना संक्रमित हुनेमा ६ बर्ष देखि ७० बर्ष उमेर समुहका ८ महिलासहित ३३ जना पुरुष रहेका छन् । संक्रमितहरु मध्ये पर्साका ३६ जना, बाराका चार जना र एक जना सर्लाहीका रहेका छन् ।

त्यस्तैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको छपकैयामा ३ जना, वडा २० मा दुई जना र वडा १५, ६, १३, ५ मा एक/एक जना संक्रमित थपिएका छन् ।

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ र ४ मा ४/४ जना, वडा ३ मा एक जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी पर्साकै जिराभवानी गाउँपालिका वाडा नम्बर २ मा थप दुई जनामा कोरोना पुष्टि भएको प्रबक्ता डाक्टर चौरसीयाले बताउनुभयो ।

त्यस्तै बाराको कोल्भी नगरपालिकामा तीन जना र महागढीमाई नगरपालिका वडा नम्बर ११ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

त्यसैगरी सर्लाहीको रामनगर गाउँपालिका निवासी एक जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button