तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजका बरिष्ठ उद्योगपति चिरञ्जीवीलाल सरावगीको निधन

बीरगंज । औद्योगीक घराना सराबगी ग्रुपका सञ्चालक एवं बीरगंजका बरिष्ठ उद्योगपति चिरन्जीबिलाल सरावगीको ७८ बर्षको उमेरमा निधन भएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीका पिता समेत रहनु भएका बरिष्ठ उद्योगपति सराबगीको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराती १२ बजेर ५ मिनटमा निधन भएको नगरप्रमुख सराबगीले जानकारी दिनुभयो ।

बीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगीलाई उपचारको क्रममा गत साउन २० गते काठमाडाँैमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँको कन्ट्याक्ट ट्रेसिङको आधारमा गत साउन २२ गते नगरप्रमुखका पिता चिरञ्जीवीलाल सरावगी, आमा, श्रीमती, छोरा र छोरीलगायात परिवारका अन्य सदस्यहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

परिवारका सबै सदस्य संक्रमित भएपछि नगरप्रमुख सराबगीले बुवा चिरन्जीबिलाल सराबगीलाई साउन २४ गते देखीनै ग्राण्डी अस्पताल काठमाडाँैमा उपचारका लागि भर्ना गराउनु भएको थियो भने परिवारका अन्य सदस्यहरु सोल्टी होटलको होम आईसोलेसनमा बस्नु भएको थियो ।

बीरगंजका बरिष्ठ उद्योगपति चिरन्जीबलाल सराबगी गत भदौ २ गते कोरोना संक्रमण मुक्त हुनु भएको थियो । तर उहाँमा मुटु र मृगौलामा जटिल समस्या देखिएपछि अस्पतालकै सघन कक्षमा राखेर उपचार भइरहेको अवस्थामा गएराति निधन भएको नगरप्रमुख सराबगीले बताउनुभयो ।

विक्रम सम्बत २००० सालमा जन्मिनु भएका स्वर्गिय सराबगी बीरगंजका बरिष्ठ उद्योगपति तथा समाजसेवीको रुपमा स्थापित हुनु भएको थियो ।

वीरगञ्ज उधोग वाणिज्य संघको पुर्व अध्यक्ष, उद्योग बाणिज्य महासंघको पुर्ब बरिष्ठ उपाध्यक्ष, मारवाडी परिषद्को केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नर भई काम गर्नुभएका स्वर्गीय सराबगीको निधनले बीरगंजले समाजसेवा र उद्योग व्यबसायको उन्नती र प्रगतिका लागि सधै लागिपर्ने अभिभावक गुमाएको बीरगंजका बरिष्ठ उद्योगपति बाबुलाल चाचानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button