तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कञ्चनरुपमा उच्च ज्वरो र झाडापखालाबाट एक युवकको मृत्यु

राजविराज । सप्तरीको कञ्चनरुपमा उच्च ज्वरो र झाडापखाला लागेका एक युवकको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर १० बदगामा निवासी २६ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो ।

उनलाई पछिल्लो एक साता यता ज्वरो आएको थियो । केही दिन यता झाडापखालाबाट पनि सिकिस्त भएका उनी गाउँमै उपचार गराउँदै आएका थिए ।

आइतबार स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर, त्यहाँबाट रेफर गरेपछि थप उपचारका लागि विराटनगरतर्फ लगिएको थियो ।

बाटोमै अवस्था थप गम्भीर भएपछि सुनसरीको इनरुवा अस्पतालमा भर्ना गर्न लाग्दा मृत्यु भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक डम्बर गुप्ताले जानकारी दिनुभयो ।

युवकको शवलाई घर ल्याएपछि सोमबार बिहान स्वाब सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button