तपाईँ सुन्दै हुनुहुन्छः

एक सय ६५ किलो अवैध लागु औषध गाँजा बरामद

बारा । सशस्त्र प्रहरी बाराले आज एक सय ६५ किलो अवैध लागु औषध गाँजा बिहान एउटा कारबाट बरामद गरेको छ ।

बाराको कोल्हबी नगरपालिका वडा नं.९ को श्रीपुर गाउँ नजिकबाट एक सय ६५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी निरीक्षक शुकबहादुर रानाभाटले जानकारी दिनुभयो ।

विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बेस क्याम्पबाट खटिएको टोलीले सीमा नाका भारततिर लैजाँदै गरेको अवस्थामा गाँजा पक्राउ गरेको थियो ।

प्रहरीलाई देखेपछि गाँजा तस्करहरु प्रदेश नं.३ ०१ ०२२ च ८१३४ नम्बरको कार छाडेर फरार भएका छन् ।

पक्राउ परेको उक्त गाडी र गाँजा जिल्ला प्रहरी कार्यालय बारा कलैयामा बुझाउने तैयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक रानाभाटले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button