तपाईँ सुन्दै हुनुहुन्छः

अवैध लागु औषध सहित २ जना पक्राउ


बारा । जिल्ला प्रहरी कार्यालय बाराले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा दक्षिण झीटकैयाबाट गएको प्रहरीको टोलीले देवताल गाउँपालिका वडा नं.२ दक्षिण झिटकैया टोल स्थित सडक खण्डबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा देवताल गाउँपालिका वडा नं.३ बस्ने वर्ष २२ का कृष्ण कुमार साह र सोही ठाउँ बस्ने वर्ष १६ का एक जनाको प्रहरीले नाम खुलाएको छैन । प्लास्टिकको बोरामा लागु औषध वाईन कोरेक्स ५९ बोतल साइकलमा लिएर आइरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरीले अदालतबाट लागू औषध मुद्दामा ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button