तपाईँ सुन्दै हुनुहुन्छः

बारामा आज थप एक जनाको कोरोनाको कारण ज्यान गयो

बारा । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत बारा कोल्हबीका एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । आज बिहान करिब ५ बजे मृत्यु हुनेमा कोल्हबी नगरपालिका वडा नं.३ बस्ने बर्ष ६० का पुरुष रहेको अस्पतालका प्रवक्ता डा.अतुलेस चौरसियाले जानकारी दिनुभयो ।

उनी भाद्र १० गते गण्डक कोल्हबी नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत रहनुभएको थियो । डायबिटिज र श्वासप्रश्वासको समस्याले मृतक ग्रसित हुनुहुन्थ्यो । उहाँलाई आइसियुमा राखेर उपचार भइरहेको थियो ।

यो सँगै बारामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । हिजो राती नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा बाराको भएको स्वाब परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button