तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा १० घण्टामा थप ३ कोरोना संक्रमितको मृत्यु

वीरगंज । वीरगंजमा १० घण्टामा थप ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत ५३ बर्षीय पुरुष र अस्थायी कोभिड अस्पताल गण्डकमा बारा कोल्हबिका ६० बर्षीय पुरुषको आज बिहान र नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० बर्षीय थप एक पुरुषको गएराति वीरगंजमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसीयाले जानकारी दिनुभयो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर–२० हरपतगन्जका ५३ वर्षीय पुरुष लाई कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ गते वीरगंज हेल्थकेयर अस्पतालमा भर्ना गरिएको थियो । उनको साउन ३० मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन ३१ कोरोना संक्रमण पुष्टि भएको थियो ।

१७ दिनदेखि अस्पतालमा उपचाररत ५३ वर्षीय पुरुषको आज बिहान पौने १ बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिनुभयो । कोरोना संक्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी रहेका थिए । पछिल्लो समयमा ती पुरुषमा श्वासप्रश्वासको समेत समस्या देखिएको डाक्टर चौरसीयाले बताउनुभयो ।

त्यसैगरी बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले बताउनुभयो ।

बाराका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको डाक्टर चौरसियाले बताउनुभयो । ‘शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएको कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत बचाउन नसकिएको डाक्टर चौरसीयाले बताउनुभयो ।

यस्तै वीरगन्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा गएराति मृत्यु भएका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मृतकको नाम र ठेगाना भने खुल्न बाँकी रहेको छ । सडकमा बिरामी अवस्थामा बेवारिसे भेटिएका ती पुरुषलाई भदौ १३ गते उद्धार गरी नारायणी अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा ६० बर्षीय पुरुषको गएराति पौने ९ बजे मृत्यु भएको प्रवक्ता डाक्टर चौरसीयाले बताउनुभयो ।

मृत्युपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिनुभयो ।

यसअघि सोमबार साझ वीरगन्जमा उपचारको क्रममा ८० बर्षीय कोरोना संक्रमित एक पुरुषको समेत मृत्यु भएको थियो । गत भदौ १३ गते कोरोना पुष्टि भएको ती पुरूषको नारायणी अस्पतालको अस्थायी कोभिड वीरगन्ज हेल्थकेयर अस्पतालमा हिजो साँझ मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसीयाले बताउनुभयो ।

वीरगन्जमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । साउन यतामा मात्रै ५० जनाको मृत्यु भएको छ । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५४ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ३९ जना , बाराका ११ जना र रौतहटका ४ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button