तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङक्रमणका कारण सिराहामा थप एक जनाको मृत्यु

लहान । कोरोना सङक्रमणका कारण सिराहामा थप एक जनाको मृत्यु भएको छ ।

कोरोना पुष्टि भएका सिराहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ का एक जना ६२ बर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आइतबार राती जनकपुरको प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताउनुभयो ।

६२ वर्षीय उनी मधुमेह र निमोनियाले ग्रसित बिरामी रहेको बताइएको छ । योसँगै सिराहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button