तपाईँ सुन्दै हुनुहुन्छः

६० बर्षीय कोरोना संक्रमितको हृदयघात बाट मृत्यु

वीरगंज । वीरगञ्जमा उपचाररत थप एकजना ६० बर्षीय कोरोना संक्रमित पुरुषको हृदयघातबाट मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयरमा उपचाररत बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुर निवासी ६० बर्षीय पुरुषको गएराति १० बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

कोरोना संक्रमित पुरुषको हृदयघातबाट मृत्यु भएको डाक्टर चौरसियाले बताउनुभयो । मधुमेह, उच्च रक्तचापका दिर्घ रोगी समेत रहेका उनलाई पछिल्लो समय रूघाखोकी, ज्वरो, सास फेर्न गाह्रो हुने समस्या समेत देखिएको थियो ।

संक्रमित भएपछि भदौ १४ वीरगंज हेल्थ केयरमा भर्ना भएका ६० बर्षीय पुरुषको ९ दिन सम्म आईसियुमा उपचार भईरहेको अवस्थामा गएराति मृत्यु भएको प्रवक्ता चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button