तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सा र रौतहटका थप २९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा बारा, पर्सा र रौतहटका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका १३, बाराका ९ र रौतहटका ७ जना सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

गएराति सार्बजनिक गरिएको तथ्यांकअनुसार ५ सय ८० जनाको स्वाब परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताउनुभयो ।

थपिएका २९ जनामध्ये २१ जना पुरुष र ८ जना महिला रहेका छन् । पर्साका १३ जनामध्ये कालिकामाई गाउँपालिका वडा न. १ र ५ का १÷१ जना, वीरगञ्ज महानगरपालिका वडा न. १२, १६ र १३ का १÷१ जना, तराई अस्पतालमा कार्यरत ३ जना कर्मचारी, नेपाली सेनाको श्रीपुर गणका १ जना सैनिक जवान, सखुवाप्रसौनी गाउँपालिका वडा न. २ का २ जना, र वीरगञ्ज हेल्थ केयर अस्पतालका ३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको चौरसियाले बताउनुभयो ।

त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा न. ७ र १६ मा १÷१ जना, बारागढी गाउपालिका वडा न. ६ मा २ जना, वडा न. ३ र ४ मा १÷१ जना, स्वर्ण गाउपालिका वडा न. ७ मा १ जना र इलाका प्रहरी कार्यालय बारागढीमा कार्यरत १ जना प्रहरी जवानमा संक्रमण देखिएको प्रवक्ता चौरसियाले बताउनुभयो ।

यता ईलाका प्रहरी कार्यालय गरुडामा कार्यरत ७ जना प्रहरी जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका २९ जना संक्रमितहरु १९ बर्ष देखी ६० बर्ष उमेर समुहका रहेको प्रबक्ता डाक्टर चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button