तपाईँ सुन्दै हुनुहुन्छः

४ लाख नगद सहीत चोर पक्राउ


सप्तरी । जिल्लाको राजविराज नगरपालिका वडा नम्वर ७ स्थित गणेश स्टोर नामक किराना पसल बाट चोरी भएका नगद, रिर्चाज कार्ड लगाएतका सामान सहीत चार जना चोरलाई सप्तरी प्रहरीले् नियन्त्रणमा लिन सफल भएको छ ।

सोमबार बिहान करिब ८ वजेर ३० मिनेटमा पसल खोल्न गएका बेला आफ्नो पसलबाट एनसेल, एनटिसी र स्मार्टको रिचार्ज कार्ड करिब एक लाख ५० हजार बराबरको र नगद करिब ४ लाख गरी जम्मा ५ लाख ५० हजार बरावरको चोरी भएको प्रहरीलाई जानकारी गराएका थिए ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरीले सिसिटिभी क्यामराको अधारमा नगरपालिका का विभिन्न स्थान माटो मुनी गाडिएको अवस्थामा र गुडियामा राखेको अवस्थाबाट भारतिय रुपैया एक लाख ३४ हजार ५० र नेपाली रुपैया एक लाख ४४ हजार आठ साय २५ रुपैया र ५० हजार ५० को रिर्चाज कार्ड सहित जम्मा ४ लाख नौ हजार तीन सय ४५ रुपौया बरावरको नगद सहित चोरी गर्ने चोर र चोरीमा संलग्न रहेका चार जनालाई पक्रउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले पक्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

पक्राउ पर्नेहरुमा राजबिराज नगरपालिका वडा नम्वर ६ बस्ने सौनि भन्ने सनिया मण्डल, वडा नम्वर ४ बस्ने ज्योती कुमारी मण्डल, सोही वडाका मोहमद समिम अन्सारी र सोही वडाका लाल मोहमद राईन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button