तपाईँ सुन्दै हुनुहुन्छः

भारतीयको आक्रमणबाट एक नेपालीको मृत्यु

सप्तरी । भारतीय यूवाहरुको एक समूहबाट कुटपिट गरिएका सप्तरीको एक जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ कटैया निवासी ६५ वर्षीय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको आज बिहान जिल्ला प्रहरी कार्यालाय सप्तरीको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी गराउनु भयो ।

गत भदौं ६ गते भारत बिहार मधुबनी करियौत ग्रामपञ्चायत वडा नम्वर ८ वस्ने चन्देश्वर यादवको १९ वर्षीय छोरा प्रदीप यादव, सोही स्थानका २० वर्षीय देवगोरा यादव र सोही स्थानका १८ वर्षीय सरोज यादवले नेपाली रामदेवको धान खेतमा भैसी लगाएर धान बाली चराउन थालेपछि धपाउन गएका मृतकालाई तीनै जना भारतीयहरुले कुटपिट गरेर गम्भिर घाइते बनाएका थिए ।

गम्भिर अवस्थामा रामदेवलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा सोमबार बिहान उनको मृत्यु भएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिनु भयो ।

कुटपिटमा संलग्न भारत बिहार मधुबनी करियौत ग्रामपञ्चायत वडा नम्वर ८ वस्ने १९ वर्षीय प्रदीप यादवलाई घटनाकै दिन पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको तथा अन्य फरार रहेकाहरुको भारतीय सुरक्षा अधिकारीको समन्वयमा खोजि कार्य जारी रहेका प्रहरी प्रमुख धमलाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button