तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

बैतडी । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका–३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

हिजो बेलुका स्वाब संकलनका लागि गइरहेका बेला बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भुपेन्द्र बोहरालाई भानसिंहले बाटोमा कुटपिट गरेका थिए । कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । अनुसन्धानपछि कुटपिट गरेको खुलेपछि कारवाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button