तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना जोखिम बढेपछि छिन्चु बजार सिल


सुर्खेत । कोरोना जोखिम बढ्दै गएपछि पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–१२, स्थित छिन्चु बजार सिल गरिएको छ । समुदाय स्तरमा कोरोना फैलिन सक्ने जोखिमको आँकलन गर्दै मंगलबार राती १२ बजेबाट लागु हुनेगरी भदौ ३० गते राती १२ बजे सम्मको लागि स्थानीय प्रशासनले सिल गरेको हो ।

पूर्वमा चिप्ले खोला, पश्चिममा भेरीपुल, उत्तरमा राताचौर दक्षिणमा हर्रेसम्म सिल गरिएको छ । यस अघि २१ गते आइतबार राती १२ बजेदेखि २८ गते सम्मका लागि भेरिगङ्गा नगरपालिकाको वडा नम्बर ६ को झिंगनी र वडा नम्बर ९ को जहरे बजारसम्म सिल गरिएको थियो ।

सिल गरिएको अवधिमा अत्यावश्यक सेवा, सुविधा औषधि पसल बाहेक अन्य काम गर्नमा रोक लगाइएको छ । सिल गरिएको अवधिमा बैंक, वित्तीय संस्थाहरुको काम समेत पूर्णरुपमा बन्द गरिएको भेरीगंगा नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छिन्चु बजार आसपासको क्षेत्र सिल गरिएपछि प्रदेश आउजाउ गर्नेलाई समेत कठिनाई हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button