तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा बारा, पर्सा, रौतहटका ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका छ जना, बाराका नौ जना र रौतहटका २२ जनासहित थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

गए राति सार्वजनिक गरिएको तथ्यांकअनुसार दुई सय ९० जनाको स्वाब परिक्षण गर्दा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

थपिएका ३७ जनामध्ये नौ जना महिला र २८ जना पुरुष रहेका छन् ।

सङ्क्रमितहरूको उमेर समूह ४ वर्षदेखि ६७ वर्षसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो ।

थपिएका सङ्क्रमित मध्ये पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का दुई जना , वडा नम्बर २८ र ३२ का एक/एक जना र पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ८ र ७ मा एक÷एक जना रहेका छन् ।

त्यसै गरी बारा जिल्लाको कोल्भी गाउँपालिकामा तीन जना सङ्क्रमित थपिएका छन् भने कलैया उपमहानगरपालिका वडा नम्बर ९ र १९ मा एक/एक जना सङ्क्रमित थपिएका छन् ।

बाराकै जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २, बारागढी गाउँपालिका र अमौरो टोखनी वडा नम्बर २ का एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । बारागढीस्थित इलाका प्रहरी कार्यालयमा समेत एक जना सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ मा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button