तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा झन्डै दुई करोडको स्याउ उत्पादन

सल्यान । सल्यानमा यस बर्ष झन्डै दुई करोड बराबरको स्याउ उत्पादन भएको छ ।

५५ हेक्टर क्षेत्रफलमा स्याउ खेति हुँदैै आइरहेको सल्यानमा यस बर्ष तनि सय ९० मेटिक्टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

भौगोलिक हिसाबले हावा पानी मिल्ने भएपछि पछिल्लो समय सल्यानका किसानहरुले स्याउ खेति गर्दै आइरहेका छन । यस बर्ष मौसमले राम्रो साथ दिएकाले स्याउ उत्पादनबाट किसानहरुले एक करोड ९५ लाख आम्दानी गर्न सफल भएको कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताउनुभयो ।

जिल्लाको कुमाख गाउँपालिका शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको केही भागमा स्याउ खेति हुँदै आइ रहेको छ ।

उनका अनुसार स्याउ खेतीलाई बिस्तार गर्नको लागि कुमाख गाउँपालिकाको गुरदासेमा स्याउ पकेट कार्यक्रम सञ्चालन गरिएको छ । स्याउ खेति र उत्पादनलाई बढाउन अर्गानिक कार्यक्रम अन्र्तगत स्याउ पकेट कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

फलफूल उत्पादनको हिसावले सल्यान जिल्ला अब्बल बन्दै गएको सुचना अधिकारी बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button