तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्ने क्रममा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर । दोदा नदीमा माछा मार्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका ५ सिमरीकी १२ वर्षीया सन्ध्या चौधरीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज वकिल बहादुर सिहले नदीमा डुबेर बेहोस भएकी चौधरीको उपचारका क्रममा मृत्यु भएको बताए ।

एक साता अघि माछा लालझाडीस्थित दोदा नदीमा माछा मार्ने क्रममा दुई बालिकाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button