तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका प्रजिअ थापा कोरोना सङ्क्रमणमुक्त

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।

दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।

सङ्क्रमणमुक्त भएपछि उहाँले रासससँग भन्नुभयो, “सङ्क्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो । कोरोना जितेर बाँचेकाको समाचारले खुशी तुल्याउथ्यो । मृत्युको खबरले खुशीमा ह्रास आउँथ्यो ।”

आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको जनाउँदै उहाँले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताउनुभयोे । हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उहाँले विश्वास थियो । एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काम आउने प्रजिअ थापाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणमुक्त भएका अधिवक्ता दिलबहादुर महतले कोरोनाले भन्दा यसको आतंकले मानिस बढी प्रभावित भएको बताउनुभयो । कोरोना भाइरसलाई महामारी र आतंक बनाएर समाजमा भएका अनियमित क्रियाकलाप रोक्नतर्फ सरकारलाई ध्यान पु¥याउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button