तपाईँ सुन्दै हुनुहुन्छः

‘साँढे दुई वर्षमा लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा’

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अबको साँढे दुई वर्षमा लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गरिने बताउनुभएको छ ।

‘हामीले साँढे दुई वर्षमा गुरुयोजनाको बाँकी काम सकेर यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामको थप विकासमा लाग्छौ,’ शनिबार निरीक्षण गर्दै मन्त्री भट्टराईले भन्नुभयो ।

लुम्बिनी संसारकै आस्था र शान्ति केन्द्र भएकोले विश्वको शान्ति ग्रामका रुपमा विकास गरिने उहाँले बताउनुभयो ।

सरकारले लुम्बिनीको बृहत् विकास गरी विश्वकै शान्तिग्राम बनाउने गरी काम गरिरहेको मन्त्री भट्टराईले बताउनुभयो ।

शान्तिस्थल लुम्बिनीको पर्यटन विकास गरेर धेरै फाइदा लिन सक्ने हुँदा सरकारले लुम्बिनीको वृहत्तर विकासलाई प्राथमिकताका साथ अघि बढाउने उहाँको भनाइ थियो ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले लुम्बिनीको गुरुयोजना बनाएका थिए । तर ४२ वर्ष बितिसक्दा समेत गुरुयोजना पूरा हुनसकेको छैन ।

लुम्बिनी विकास कोषका अनुसार अहिलेसम्म गुरुयोजनाको ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

गुरुयोजना पूरा गर्न अझै ७–८ अर्ब रुपैयाँ लाग्ने विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button