तपाईँ सुन्दै हुनुहुन्छः

अछामका ६ स्थानीय तह तत्कालका लागि कोरोना मुक्त, सक्रिय संक्रमित ८ जना मात्र

अछाम । अछामका १० स्थानीय तह मध्ये तत्कालका लागि ६ स्थानीय तह कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

नौ सय १६ जना संक्रमित भएको अछाममा ना‌ै सय पाँच जना सरकारको मापदण्ड अनुसार उपचार पछि निको भई घर फर्केसंगै जिल्लाका ६ स्थानीय तह कोरोना भाईरस संक्रमण मुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्लाका साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, मंगलसैन नगरपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिका कोरोना भाईरस संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो

साँफेबगरका दुई सय २२ जना, कमलबजारका २५ जना, ढकारीका २९ जना, मंगलसेनका एक सय १४ जना, मेल्लेखका एक सय ३८ जना, रामारोशनका एक सय ३२ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि ६ स्थानीय तह कोरोना मुक्त भएका हुन् ।

जिल्लाका अहिले ८ जना कोरोना सक्रमित होम आईसोलेसन तथा संस्थागत आईसोलेसनमा उपचार गराईरहेका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा १ जना, पञ्चदेवल बिनायक नगरपालिकामा ३ जना, चौरपाटी गाउपालिकाका ३ जना र तुर्माखाँद गाउँपालिकामा ४ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

जिल्लामा कोरोना संक्रमितको सख्या नौ सय १६ पुगेकोमा जसमध्ये ३ जनाको ज्यान गएको छ । निको हुनेको संख्या नौ सय ५ पुगेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । जिल्लाबाट स्वाब संकलन गरिएका सात हजार आठ सय ६९ मध्ये तीन सय ४९ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button