तपाईँ सुन्दै हुनुहुन्छः

शल्यक्रिया गरिएकी तनहुँकी एक महिलामा कोरोना सङ्क्रमण, अस्पतालको प्रसूति सेवा बन्द

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलामा मङ्गलवार कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ ।
अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी महिला कोरोना पुष्टि भएको छ ।
शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा.अर्जुन आचार्यले जानकारी दिनुभयो ।
महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उहाँहरूको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरू बिहीबारसम्म सेवा बन्द गरिएको छ ।
अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरू भने सञ्चालनमा रहेको सेवाग्राहीमा जानकारी गराएको छ ।
महिलामा कोभिड–१९ को आशङ्कामा २८ गते नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेशको सबैभन्दा ठुलो यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी दैनिक एक हजार ५०० को हाराहारीमा बिरामी आउने गर्दछन् ।
महिलाका श्रीमानमा समेत कोरोना संक्रमण
संक्रमित महिलामा श्रीमान् शुक्लागण्डकी नगरपालिका–१० का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
हाल दुवै जना पोखरामा नै रहेको शुक्लागण्डकी स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button