तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप एक जना कोरोना सङ्क्रमितको निधन

धनगढी  । कैलालीमा प्लाज्मा थेरापी पद्धतिबाट उपचार गरिएकी एक जना कोरोना सङ्क्रमित महिलाको निधन भएको छ ।
सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका – ५ की ५७ बर्षीया कोरोना सङ्क्रमित महिलाको निधन भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
भदाै १९ गते अस्पतालमा भर्ना भएकी ती महिलाको पहिलो पटक प्लाज्मा थेरापी पद्धतिबाट उपचार गरिएको थियो । कैलालीमा याेसँगै कोरोना सङ्क्रमणबाट निधन हुनेकाे सङ्ख्या सात पुगेको छ ।
यसै गरी आज सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button