तपाईँ सुन्दै हुनुहुन्छः

घोडाघोडीमा भेट्टीएको शवको सनाखत

टीकापुर कैलाली । कैलालीको घोडाघोडीमा किरा परेको अवस्थामा भेट्टीएको शवको सनाखत भएको छ ।

आज बिहान वडा नम्बर १० मा पर्ने बुलबुले सामुदायिक वनमा फेला परेको शव वडा नम्बर ९ की २१ वर्षिया पद्मा वटाला रोकायाको रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाको शव पोष्टमार्टमका लागि सेति प्रादेशिक अस्पताल धनगढी लगिएको प्रहरी नायव उपरिक्षक बोहराले बताउनुभयो ।

के कारणले उहाको मृत्यू भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button