तपाईँ सुन्दै हुनुहुन्छः

६ महिनापछि ठोरीका सामुदायीक बिद्यालय सञ्चालनको तयारीमा

बीरगन्ज । ठोरी गाउपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनको लागि गाउँपालिकाले तयारी थालेको छ ।

कोरोना कहरका कारण ६ महिनादेखि बन्द रहेको विद्यालय सञ्चालन र सहजीकरणका लागि जनप्रतिनिधि र प्रधानाध्यापकहरुको प्रतिनिधि सहभागी ७ सदस्यीय समिति गठन भएसँगै ठोरीका सामुदायिक विद्यालयहरु सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको छ ।

गाउँपालिकाले असोजको दोस्रो साताबाट स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय सञ्चालनको तयारी थालेको हो ।

गाउँपालिका कार्यालय घ्याङडाँडामा हिजो गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा बसेको वडाध्यक्ष र प्रधानाध्यापकहरुको संयुक्त बैठकले नेपाल सरकारले हालसालै जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको पालना गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउपालिकाका शिक्षा संयोजक भुपाल कुमार जोशीले जानकारी दिनुभयो ।

जनप्रतिनिधि र प्रधानाध्यापकहरुको संयुक्त बैठकले ठोरीमा विद्यालय सञ्चालन उचित समयमा गर्न र सोको सहजीकरणका लागि वडा २ का वडाध्यक्ष किशोर तामाङ्को संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ ।

समितिमा नेपाल राष्ट्रिय प्राविधिक मावि ठोरी का प्रधानाध्यापक निरन्जन श्रीवास्तव, सरस्वती मावि ठोरीका प्रधानाध्यापक केशव प्रसाद रेग्मी, विजयवस्ती माबिका प्रधानाध्यापक नारायण लामा र ज्ञानबाटिका मावि सुवर्णपुरका प्रधानाध्यापक शिव नारायण साह लगायतका व्यक्तिहरु सदस्य रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button