तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ । शुक्रबार ११ बजेका लागि तय भएकोे नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली व्यस्त हुनुभएकाले बैठक सारिएको बताइएको छ ।

शुक्रबारको बैठकमा मन्त्रिमण्डल पुनर्गठन , संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति र पार्टी एकीकरणका बाँकी कामहरुबारे छलफल हुने बताइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button