तपाईँ सुन्दै हुनुहुन्छः

अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मीद्वारा सेवा सुविधाको माग गर्दै ज्ञापन पत्र

बर्दिवास । महोत्तरीको औरही नगरपालिकामा कार्यरत्त स्वास्थ्यकर्मीहरुले सेवा सुविधाको माग गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ ।

कोभिड–१९ को महामारीको समयमा समेत अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मीले आपूmहरुले पाउनु पर्ने सुविधाबाट नगरपालिकाले सम्बोधन नगरेपछि ज्ञापन पत्र बुझाएको उल्लेख छ ।

ज्ञापन पत्रमा कोभिड–१९ मा खटिएका स्वाथ्यकर्मीको जोखिम भत्ता, पदस्थापान नभएकालाई पदस्थापन गर्नु पर्ने र स्वास्थ्य सेवामा कार्यरत्त कर्मचारीको संचय कोष, नागरीक लगानी कोष साथै नागरिक लगानी बचत बृद्धि कोष यथाशिध्र जम्मा गर्नुपर्ने माग गरेका छन् ।

स्वास्थ्यकर्मीहरुले तत्काल आप्mनो माग पुरा नभएमा स्वास्थ्य सेवा ठप्प पारेर चरणबद्ध रुपमा विरोधको कार्यक्रम तय गरिने र यसको सम्पूर्ण जिम्मा नगरपालिकाले लिनु पर्ने जनाईएको छ ।

औरही नगरपालिका वडा नं. १ का स्वास्थ्य चौकीकका प्रमुख रामचन्द्र यादवको अगुवाईमा बिहीवार नगरका सम्पूर्ण स्वास्थकर्मीहरु निमित्त प्रशासकिय अधिकृत समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button