तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सर्लाही हरिहर गाँउपालिकाका ५५ बर्षिय पुरुषको आज विहान १० बजे मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

किड्नी फेल भई डायलायसिस भइरहेको उनको भदौ १८ गते कोरोना पुष्टि भएको थियो । उनलाई खोकी र स्वासप्रश्वासको समेत समस्या देखिएको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि २३ गते कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । उनको नियमित डायलायसिस समेत गरेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा मात्रै कोरोनाका कारण १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button